सुनको भाउ घट्न थाल्यो


२६ श्रावण २०७९, बिहीबार ११:५१ मा प्रकाशित

काठमाडौँ । केही दिनयता लगातार बढेको सुनको भाउ आज भने ५ सय रुपैयाँले घटेको छ ।

आज सुन तोलामा ९६ हजार ६ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ पनि घटेको छ । तोलामा ५ रुपैयाँ घटेर चाँदी आज १ हजार २ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here