विद्रोहीको आक्रमणमा तीन भारतीय सेनाको मृत्यु


२६ श्रावण २०७९, बिहीबार १२:२८ मा प्रकाशित

काठमाडौं । जम्मु कश्मीरको राजौरी जिल्लाको दारहल क्षेत्रमा भारतीय सेनाको क्याम्प नजिक सुरक्षा बल र आक्रमणकारीबीच भिडन्त भएको छ ।

भिडन्तमा तीन भारतीय सैनिकको मृत्यु भएको र दुई चरमपन्थीको पनि ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

जम्मुका अतिरिक्त प्रहरी महानिर्देशक मुकेश सिंहले दारहाल प्रहरी चौकीबाट करिब ६ किलोमिटर टाढा रहेको सेनाको क्याम्पमा विद्रोहीले हमला गरेको जनाएको छन् ।

त्यहाँ थप सुरक्षा बल पठाइएको छ र क्षेत्रमा खोजी अभियान जारी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here