पहिरोका कारण दोलखामा ५० घर जोखिममा


२६ श्रावण २०७९, बिहीबार ११:४४ मा प्रकाशित

काठमाडौँ । दोलखामा गएरातिको पहिरोले चार घरमा क्षति पुगेको छ ।

बिगु गाउँपालिका ४ लादुकमा पहिरो जाँदा चार घरमा क्षति पुगेको र त्यहाँका झन्डै ५० घर जोखिममा रहेका जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । त्यहाँका सूचना अधिकारीका अनुसार विस्थापितहरु आफन्तकोमा बसिरहेका छन् ।

अहिले प्रहरी, जनप्रतिनिधि पहिरो प्रभावित क्षेत्रमा छन् । उनीहरुको सहयोगमा स्थानीय बासिन्दाले पहिरोले क्षति पुर्याएको घरबाट सामान ओसार्न थालेका छन् । घरमाथि खनेको सडकका कारण पहिरो खसेको स्थानीय बासिन्दाले बताएका छन् ।

यसअघि २२ गते पहिरो जाँदा त्यहाँका चार वटा घरमा पूर्ण क्षति पुगेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here