काठमाडौं । चुनावी रणनीति तयार पार्नका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ ।
सत्ता गठबन्धनका दलहरुले सिट बाँडफाँटको गृहकार्य गरिरहेको बेला नेकपा एमालेले पनि चुनावको तयारी गर्न केन्द्रीय सचिवालय बैठक बोलाएको नेताहरूले बताएका छन् ।
बैठक आज मध्याह्न १२ बजेपछि ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्ने बताइएको छ ।
नेताहरूका अनुसार बैठकमा समसामयिक राजनीतिका साथै मंसिर ४ मा निर्धारित प्रदेश र प्रतिनिधि सभा निर्वाचनको रणनीति, चुनावी एजेण्डा लगायतका विषयमा छलफल हुनेछ ।
बैठकले पोलिटब्युरो र केन्द्रीय समितिको बैठकको मिति तोक्नसक्ने सम्भावना पनि छ ।





