मौसमः प्रदेश १ मा भारी बर्षाको संभावना


२५ श्रावण २०७९, बुधबार ०८:२४ मा प्रकाशित

काठमाडौं । आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ ।

बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बुधबार दिउँसो भने देशभर आंशिकदेखि सामान्य बदली हुनेछ ।

देशका पहाडी भू-भाग र बाँकी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश-१, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

बुधबार राति भने बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सूदूरपश्चिम प्रदेशमा सामान्य बदली हुने भएको छ ।

साथै बाँकी भू-भागमा भने आंशिकदेखि सामान्य बदली हुने महाशाखाले जनाएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here