प्रधानमन्त्रीको दौडमा म छुइनः प्रचण्ड


२५ श्रावण २०७९, बुधबार ०७:५९ मा प्रकाशित

झापा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्री बन्ने दौडमा नरहेको बताउनु भएको छ।

जापानमा रहेका नेपाली पत्रकारहरुसँग बोल्दै माओवादी अध्यक्ष प्रचण्डले देशमा स्थिर राजनीतिको पक्षमा आफू रहेको बताउनु भएको हो ।

उहाँले भन्नुभयो, ‘मेरो भूमिका राजनीतिलाई स्थिर बनाउनेमा हुन्छ। प्रधानमन्त्रीको दौडमा म छुइन ।’

चुनावपछि प्रधानमन्त्री हुन खोजेको भनेर हल्ला चलाइएको भन्दै उहाँले भौतिक पूर्वाधार विकास र विद्युतीकरणलाई तीब्रता दिएर कृषि र कृषिमा आधारित उद्योगमार्फत देशलाई ८–१० वर्षभित्रमा विकासको नयाँ युगमा लान सकिन्छ भन्ने सपना देखेको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here