काठमाडौँ । संघीय संसद प्रतिनिधि सभा बैठक आज पनि बस्दैछ ।
बैठक दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ ।
आजको बैठकमा तथ्यांक विधेयकको दफावार छलफलपछि आजै पारित गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले शपथसम्बन्धी विधेयक दफावार छलफलका लागि प्रस्तुत गर्ने र पारित गर्ने सम्भावित कार्यसूची रहेको छ ।






