झापा । झापाको बिर्तामोड-भद्रपुर सडकखण्ड अन्तर्गत धौला पूलमा मंगलबार साँझ मोटरसाइकल दुर्घटना भएको छ ।
दुर्घटनामा परि रोङ गाउपालिका २ इरौंटार इलामका बिशाल लिम्बु गम्भीर घाइते हुनुभएको छ ।
उहाँको बिर्तामोडको बिएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक अशोक जबेगुले जानकारी दिनुभयो ।
भद्रपुरबाट बिर्तामोडतर्फ आइरहेको मे १० प ९२९९ नम्बरको मोटरसाइकल पूल छेउबाट खोलामा झरेको स्थानीयले बताएका छन् ।
उक्त ठाउँमा सडक भन्दा पूलको चौडाइ सानो भएका कारण दुर्घटनाको जोखिम बढेको छ । यस अघि पनि सो ठाउँमा दुर्घटना अत्याधिक हुने गरेको स्थानीयले बताएका छन् ।
पूल चौडा गर्नका लागि दक्षिणतर्फ बनाइएको पिल्लरको पूर्वपट्टि खोलामा बाइक र पश्चिमपट्टि खोलामा मानिस झरेको स्थानीयले बताए।





