आदिवासीको हकहितका र भाषा संस्कृतिको संरक्षण गर्न सरकार प्रतिवद्ध छ : देउवा


२४ श्रावण २०७९, मंगलवार १९:०८ मा प्रकाशित

काठमाडौँ । प्रधानमन्त्री शेर बहादुर देउवाले आदिवासीको हकहितका साथै भाषा संस्कृतिको संरक्षण गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।

२८ औं विश्व आदिवासी दिवसका अवसरमा नेपाल आदिवासी जनजाति महासंघले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले नेपालको प्रजातान्त्रीक आन्दोलनमा आदिवासीको भूमिका महत्वपूर्ण रहेको भन्दै आदिवासीको हकहितका साथै भाषा संस्कृतिको संरक्षण गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको हो ।

उहाँले संविधानमा उल्लेख समानुपातीक समावेशीताको बिषयलाई व्यवहारलाई उर्तान पनि आफूले पहल गरेको जानकारी दिनुभयो । आदिवासी जनजातिको पहिचान गरी राज्यको मूलधारमा ल्याएर राष्ट्रको बिकासमा उनीहरुको योगदानलाई थप उच्च बनाउन जरुरी रहेको उहाँको भनाइ छ ।

प्रधानमन्त्री देउवाले संविधानले आदिवासी जनजाति समुदायको विकास र समृद्धिका लागि छुट्टै आयोगको व्यवस्थासमेत गरेको जानकारी दिनुभयो । उहाँले विश्व आदिवासी दिवसका अवसरमा सार्वजनिक विदा दिन गरेको मागलाई आफूले पुरा गर्ने आश्वासन दिनुभयो ।

दिवसका अबसरमा महासंघले काठमाडौंमा सांस्कृतिक र्याली समेत निकालिएको थियो । विश्वभर आदिवासी जनजातिको योगदानको कदर गर्दै संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष अगष्ट ९ तारिखमा यो दिवस मनाउने गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here