काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वैज्ञानिक वन व्यवस्थापनको नाममा वन विनाश भएका कारण आफूले त्यसलाई रोकेको बताउनुभएको छ ।
सामुदायिक वन दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा ओलीले वैज्ञानिक वन व्यवस्थापनको नाममा वन विनाशको काम सुरु भएपनि आफू नेतृत्वको सरकारले त्यसलाई रोकेर दीगो वन व्यवस्थापनको नीति अघि सारेको बताउनुभएको हो ।
उहाँले वनको सदुपयोग गरि मुलुकमा रोजगारीको अवसर सृजना गर्न सकिने, विकास र समृद्धिको अभियानलाई तीव्रताका साथ अघि बढाउन सकिने पनि स्पष्ट पार्नुभयो । उहाँले नेपालले सामुदायिक वनमार्फत विश्वलाई सकारात्मक योगदान पु¥याएको पनि स्पष्ट पार्नुभयो ।
अध्यक्ष ओलीले नेपाल वन र वनस्पतीहरुका लागि अनुकूल भूमि भएको उल्लेख गर्नुभयो ।





