विराटनगर । लिम्बुवान बन्दको पाँचथर र ताप्लेजुङमा सामान्य प्रभाव परेको छ । लिम्बुवान राज्य घोषणाका लागि दबाब दिन आह्वान गरिएको बन्दमा पाँचथर र ताप्लेजुङमा बन्दको सामान्य प्रभाव परे पनि अन्य जिल्लामा प्रभाव शून्य छ ।
पाँचथर र ताप्लेजुङबाट लामो दूरीका सवारीसाधन सञ्चालन नभएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
अरुण पूर्वलाई लिम्बुवान राज्य घोषणाको माग गर्दै राष्ट्रिय जनमुक्ति पार्र्टी किरात, लिम्बुवान, खम्बुवान प्रदेश परिषद्ले बन्दको आह्वान गरेको हो ।
यातायात, बजार, उद्योग कलकारखाना निर्वाध रूपले चलिरहेको र र बन्दको पूर्वघोषित कार्यक्रम रहेकाले सबै ठाउँको सुरक्षा व्यवस्था कडा पारिएको प्रदेश १ प्रहरी प्रवक्ता एसपी नवीनराज राईले बताउनु भयो ।
राष्ट्रिय जनमुक्ति पार्टीले लिम्बुवान राज्य घोषणाको माग गर्दै २०६६ सालदेखि प्रत्येक वर्ष साउन २२ गते लिम्बुवान बन्दको आह्वान गर्ने गरेको छ । यस दिनलाई लिम्बुवान गुमेको कालो दिनका रूपमा मनाउँदै बन्द र विरोधको कार्यक्रम गर्ने गरिएको ।






