वर्तमान सरकार कामचलाउ सरकार मात्र हो : प्रदीप ज्ञवाली


२२ श्रावण २०७९, आईतवार १८:३० मा प्रकाशित

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले निर्वाचनको मिति घोषणा भएसँगै कामचलाउमा रुपान्तरित भएको सरकारले संसदमा नयाँ बिजनेश ल्याउन नमिल्ने जनाएको छ ।

प्रतिनिधिसभाको आइतबार बसेको बैठकको बिशेष समयमा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले वर्तमान सरकार कामचलाउ भएको र नियमित सरकारले जस्तो सदनमा बिजनेस ल्याउन नमिल्ने बताउनुभएको हो । उहाँले कामचलाउन सरकारले कुनै पनि नयाँ बिधेयक दर्ता समेत गर्न नमिल्ने जिकिर गर्नुभयो ।

उहाँले गठबन्धन सरकारले हरेक क्षेत्रमा हस्तक्षेप गरेर मुलुकको अवस्था अस्तव्यस्त पारेको पनि बताउनुभयो । ज्ञवालीले पाँच महिना संसदमा अड्काएर राखेको प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धका महाभियोग सदनको बिजनेस सकिने अघि बढाउनु उचित नभएको धारणा राख्नुभयो ।

त्यस्तै उहाँले ताइवान मामिलामा धारणा सार्वजनिक गर्न र सरकारले अबलम्बन गरेको एक चीन नीतिको पक्षमा दृढतापूर्वक उभिन पनि आग्रह गर्नुभयो ।

उहाँले छिमेकीका संवेदनशीलतामाथि नेपालले खेलबाड गर्न नहुने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here