काठमाडौं । नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले वर्तमान सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई व्यावसायिक बीमाको रुपमा बुझिरहेको आरोप लगाएका गर्नु भएको छ ।
आइतबार प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै उहाँले स्वास्थ्य बीमा कार्यक्रमलाई व्यावसायिक नबनाई सामाजिक सुरक्षाको स्वास्थ्य बीमा बनाउनुपर्ने बताउनु भयो ।
उहाँले स्वास्थ्य बीमाको दायरा पनि बढाउन आवश्यक रहेको भन्दै १ लाखबाट अब १० लाख बनाउनुपर्ने बताउनु भयो ।
उहाँले वर्तमान सरकारले ६ अर्बभन्दा बढी कोरोनाको बीमा रकम भुक्तानी गर्न आनाकानी गरिरहेको आरोप लगाउनु भयो ।
‘पछिल्लो स्वास्थ्य बीमा कार्यक्रमलाई आजको सरकारले व्यवसायिक बीमाको रुपमा बुझिरहेको उहाँको भनाइ छ ।
यसलाई सामाजिक सुरक्षा बीमा अन्तर्गत निरन्तर अघि बढाउन र स्वास्थ्य बीमा ऐन अन्तर्गत बढाइ पूर्ववत अवस्थामा सञ्चालन गर्नको निम्ति दलको तर्फबाट ध्यानाकर्षण गराउन चाएको उहाँले बताउनु भयो ।





