१३ वर्षीया बालिका बलात्कृत


२० श्रावण २०७९, शुक्रबार १३:५४ मा प्रकाशित

तेह्रथुम ।  १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा छथर गाउँपालिका(२ फयाक बस्ने २१ वर्षीय षडानन्द नेपालीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

नेपालीले ती बालिकालाई ललाई फकाई साउन १२ गते दिउँसो जबरजस्ती करणी गरेको भन्ने जाहेरी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय वसन्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here