काठमाडौं । एक नेपाली र एक चिनियाँ नागरिक अपहरण गरी फिरौती मागेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसरबाट खटिएको टोलीले गोरखा आरुघाट गाउँपालिका–७ स्थायी ठेगाना भई हाल काठमाडौं रानीबारी बस्ने ३७ वर्षीय कर्णबहादुर गुरुङ, गोरखाकै सिरानचोक गाउँपालिका–५ स्थायी ठेगाना भई काठमाडौं धापासी बस्ने २८ वर्षीय लक्ष्मण गुरुङ, सर्लाही लालबन्दी नगरपालिका–११ का २९ वर्षीय रोहित मगर, प्युठान जिल्लाको प्युठान नगरपालिका–८ बागदुला स्थायी ठेगाना भई हाल काठमाडौं मित्रनगर बस्ने २८ वर्षीय विशाल मगर, नुवाकोटको शिवपुरी गाउँपालिका–६ पालथोक स्थायी ठेगाना भई हाल काठमाडौंको बानियाँटार बस्ने २७ वर्षीय विनोद केसी र बर्दिया राजापुर नगरपालिका–१० स्थायी ठेगाना रहेका हाल काठमाडौं बालाजु बस्ने २८ वर्षीय शिव सुनारलाई पक्राउ गरेको हो।





