नगरपालिका–६ स्थित पालिया खोलामा नवजात शिशुको शव फेला


२० श्रावण २०७९, शुक्रबार १४:०९ मा प्रकाशित

झापा । मेचीनगर नगरपालिका–६ स्थित पालिया खोलामा नवजात शिशुको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायब निरीक्षक ज्ञानकुमार महतोले पूर्व–पश्चिम राजमार्गदेखि करिब सय मिटर दक्षिणमा शिशुको शव फेला परेको जानकारी दिनु भयो ।

उहाँका अनुसार शव पानीमा तैरिरहेको अवस्थामा फेला परेको हो । शिशु जन्मनेबित्तिकै खोलामा फालेको अनुमान गरिएको छ। घटनाबारे अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here