माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ फेरि प्रधानमन्त्री बन्ने लालच बोकेर दौडधुपमा लागेका राजनितिमा चर्चा हुन थालेको छ । उहाँले आफू प्रधानमन्त्री बन्ने लालसा सार्वजनिक रुपमै पटक–पटक व्यक्त गर्दै आउनु भएको छ ।
खासगरी दुई ठूला दल कांग्रेस र एमालेलाई सुनाउनकै लागि उहाँले प्रधानमन्त्री बन्ने चाहना व्यक्त गर्नु भएको हुन सक्छ ।
प्रचण्डले पुन प्रधानमन्त्री बन्ने इच्छा पहिलोपटक गत असार ९ मा व्यक्त गर्नु भयो । स्थानीय तहमा निर्वाचित पार्टीका जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै आफूले मुलुकको नेतृत्व लिन चाहेको उहाँको धारणा थियो ।
६ साउनमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा पनि प्रचण्डले आफूलाई देशको बागडोर लिनबाट कसैले नरोक्ने ठोकुवा गर्नु भएको थियो । आफ्नो पार्र्र्टी बलियो नभए संघीय लोकतान्त्रिक गणतन्त्र बलियो नहुने दाबी गर्नु भयो । स्थानीय तहको चुनावी परिणामपछि यसरी प्रचण्डले पटक–पटक प्रधानमन्त्री बन्ने इच्छा मात्रै व्यक्त गर्दै आउनु भएको छ ।
कांग्रेस र एमाले दुवै दलभित्र खेल्न नसमेत खोजिरहेका छन् । आफ्नो ‘लास्ट इनिङ’ भन्दै उहाँले घुमाउरो ढंगबाट कांग्रेस र एमालेमध्ये जसले आफ्नो इच्छा पूरा गर्न सहयोग गर्छ, उसैसँग तालमेल गरेर चुनाव लड्ने संकेत गर्नु भएको राजनितिका जानकार बताउछन् । उहाँले त्यसका लागि दुवै दलसँग केही खास नेतामार्फत छलफल चलाइरहेका छन् ।
कांग्रेससँग गठबन्धन गरिरहेका उहाँको खास बार्गेनिङ प्रधानमन्त्री पदकै विषयमा चलिरहेको प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा निकट नेताहरुको दाबी छ । प्रतिनिधिसभामा कति सिट पाउनेभन्दा पनि निर्वाचनपछि प्रधानमन्त्री पद दिने कि नदिने भन्ने विषयमा उहाँ कांग्रेस नेतृत्वसँग स्पष्ट हुन चाहिरहेका रहनु भएको छ ।





