गठबन्धनमा आवद्ध राजनीतिक दलबीच चुनावी तालमेलको सहमति


२० श्रावण २०७९, शुक्रबार १३:०४ मा प्रकाशित

काठमाडौँ । ५ दलीय सत्ता गठबन्धनमा आवद्ध राजनीतिक दलहरु आगामी चुनावी तालमेलका लागि कार्यदल बनाउन सहमत भएका छन् ।

सरकारले बिहीबार प्रतिनिधि तथा प्रदेश सभा चुनावको मिति घोषणा गरेपछि शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले उक्त निर्णय गरेको हो ।

सत्ता गठबन्धनका दलबीच चुनावी तालमेलका लागि कार्यदल बनाउने निर्णय गरेको नेकपा एकीकृत समाजवादीका महासचिव डा. बेदुराम भुसालले जानकारी दिनुभयो ।

उहाँका अनुसार आगामी भदौ दोस्रो साताभित्र सिटको भागबण्डा टुंग्याउने गरी कार्यदललाई जिम्मा दिने निर्णय भएको छ । कार्यदलमा कोको बस्ने भन्ने दलहरुले आन्तरिक छलफल गरेर टुंग्याउने भुसालले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here