गठबन्धनमा आबद्ध दलहरूबीच तालमेल गरेरै जाने सत्ता गठबन्धनको निर्णय


२० श्रावण २०७९, शुक्रबार १२:४४ मा प्रकाशित

काठमाडौं । सत्तारुढ गठबन्धनमा आबद्ध दलको आज बसेको बैठकले आगामी निर्वाचनमा पनि गठबन्धनमा आबद्ध दलहरूबीच तालमेल गरेरै जाने सहमति गरेको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणा भएसँगै बसेको बैठकले गठबन्धनका दलहरुबीच सिट बाँडफाँटका लागि सहमति जुटाउन कार्यदल गठनसमेत गरेको छ । कार्यदलमा ९ जना सदस्यहरू रहने बताइएको छ ।

प्रतिनिधिसभामा १ सय ६५ र प्रदेशसभामा ३ सय ३० प्रत्यक्षतर्फका सिट छन् । जसमध्ये कांग्रेसले प्रतिनिधिसभामा कम्तीमा ९५ सिट राखेर बाँकी ४ दललाई ७० सिटबाट भागवण्डा लगाउने मनस्थिति बनाएको छ ।

तर माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी भने कांग्रेसलाई ८० सिट दिन तयार देखिन्छन्। प्रदेशसभाको सिट बाँडफाँटमा पनि दलहरु यही अनुपातलाई मिलाएर लैजाने तयारी गरिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here