काठमाडौं । अन्डर-२० पुरुष साफ च्याम्पियनसिपमा घरेलु टिम भारतसँग नेपालले लज्जाजनक हार व्यहोरेको छ ।
लज्जास्पद हार व्यहोरेसंगै नेपालको फाइनल पुग्ने सम्भावना न्युन बनेको छ।
नेपालले भारतको ८ गोल खायो भने नेपालले कुनै पनि गोल फर्काउन सकेन।
भुवनेश्वरस्थित कालिंगा रंगशालामा भारतलाई जित दिलाउन पार्थिव सुन्दर गोगोईले दुई गोल गर्दा टाइसन सिंह लोङटोङबाङ, पथुम गिम्हाना, हिमान्सु जङ्ग्रा, टङ्कधर बाग, गुरकिरत सिंह र सुभो पौलले एक-एक गोल गरे ।





