काठमाडौंको गुहेश्वरीमा फोहरपानी प्रशोधन केन्द्र सञ्चालनमा


१५ श्रावण २०७९, आईतवार १८:३८ मा प्रकाशित

काठमाडौँ । काठमाडौंको गुहेश्वरीमा फोहरपानी प्रशोधन केन्द्र सञ्चालनमा आएको छ ।

खानेपानी मन्त्रालयबाट निर्मित उक्त प्रशोधन केन्द्रको प्रधानमन्त्री शेर बहादुर देउवाले उद्घाटन गर्नुभयो । उपत्यकाको घरबाट निस्कने ढललाई सिधै खोलामा नमिसाई प्रशोधन गरेर मात्र खोलामा पठाउने योजनाअनुसार उक्त प्रशोधन केन्द्र सञ्चालमा आएको हो ।

कार्यक्रममा प्रधानमन्त्री शेर बहादुर देउवाले पशुपति क्षेत्रको उपल्लो क्षेत्रमा ३ करोड भन्दा बढि फोहर पानी संकलन गरेर बागमतीमा पठाउने योजना अनुसार फोहरपानी प्रशोधन केन्द्र निर्माण गरिएको बताउनुभयो । उहाँले धार्मिक क्षेत्र पशुपति क्षेत्रमा धार्मिक कार्य गर्दा सफा पानीको प्रयोग गर्ने उदेश्य रहेको जानकारी दिनुभयो । बालकुमारी , सल्लाघारी र धोबीखोलामा छिटै फोहरपानी प्रशोधन केन्द्र सञ्चालनमा आउने उहाँको भनाइ छ ।

कार्यक्रममा खानेपानी मन्त्री उमाकान्त चौधरीले बढ्दो शहरीकरणका बेला नदिहरुलाई स्व्च्छ राख्न ठूलो लगानीमा फोहरपानी प्रशोधन केन्द्र स्थापना गरिएको जानकारी दिनुभयो । काठमाडौं उपत्यकाभित्रका बागमती लगाएत अन्य सहायक नदिलाई स्वच्छ राख्न बिभिन्न स्थानमा स्थापना भइरहको प्रशोधन केन्द्र छिटै सञ्चालनमा आउने उहाँको भनाइ छ ।

त्यस्तै काठमाडौं महानगरका प्रमुख बालेन्द्र साहले काठमाडौं उपत्यकालाई स्वच्छ तथा सफा राख्न बिभिन्न निकायबीच सहकार्य गर्दै अघि बढ्ने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here