अर्थमन्त्रीमा जनार्दन शर्मा नियुक्त


१५ श्रावण २०७९, आईतवार १७:१२ मा प्रकाशित

काठमाण्डौ । अर्थमन्त्रीमा नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्मा नियुक्त हुनुभएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा शर्मालाई राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्रीमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई संलग्न गराएको आरोप लागेपछि शर्माले राजीनामा दिनुभएको थियो । शर्मामाथि छानबिन गर्न बनेको संसदीय अध्ययन विशेष समितिले शर्मालाई नै दोषी ठहर गर्न सकेको थिएन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here