अखिल नेपाल युवा महिला संघको प्रथम प्रदेश भेला सम्पन्न


१५ श्रावण २०७९, आईतवार १६:४५ मा प्रकाशित

धनकुटामा नेकपा एमाले निकट अखिल नेपाल युवा महिला संघको प्रथम प्रदेश भेलाले सातबुँदे घोषणापत्र जारी गरेको छ। शनिबार र आइतबार धनकुटामा सम्पन्न भेलाले जारी गरेको घोषणा पत्र पत्रकार सम्मेलन आयोजना गरी सार्वजनिक गरिएको हो।

यस्तै भेलाले सुभेक्षा सापकोटाको अध्यक्षतामा ५१ सदस्यीय अखिल नेपाल युवा महिला संघ प्रदेश समिति गठन गरेको छ। संघको उपाध्यक्षमा कविता बान्तवा राई, सचिवमा दुर्गा गौतम, उपसचिव सिता बराल, मनिता पौडेल र कोषाध्यक्षमा सुशिला तामाङ चयन हुनुभएको छ ।

दुईदिन चलेको भेलाले मुल्यवृद्धि नियन्त्रण, सर्वस्वीकार्य रुपमा प्रदेशको नामाकरण, नागरिकता विद्येयक फिर्ता, यौनजन्य हिंसा नियन्त्रण, साइबर अपराध रोकथाम लगायतको माग राख्दै घोषणापत्र जारी गरिएको अखिल नेपाल महिला संघ प्रदेश १ संयोजक मेनुका काफ्लेले जानकारी दिनुभयो। भेलामा एमालेमा आवद्ध १८ देखि ३० वर्षका प्रदेश १ भरिका महिलाहरुको सहभागिता रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here