थारु बस्तीमा धार्मिक हस्तक्षेप गरेको बारे अनुसन्धान गर्न थारु आयोगलाई निर्देशन


१५ श्रावण २०७९, आईतवार १७:३७ मा प्रकाशित

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिले थारु बस्तीमा गलत नियतले धार्मिक हस्तक्षेप गरेको भन्ने जनगुनासो आएको भन्दै यस बिषयमा अनुसन्धान गर्न थारु आयोगलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा आइतबार बसेको समिति बैठकले थारु समूदायको धर्म परिवर्तन गर्ने उदेश्यले धर्मको प्रचार गरेको, धार्मिक रुपमा समूहकृत गर्ने गरेको र थारु भाषा लिपी संहिताकृत गर्ने नाममा थारु वस्तीमा गलत नियमले धार्मिक हस्तक्षेप गरेको भन्ने जनगुनासो आएको भन्दै यस बिषयमा संवेदनशील भई कार्य सम्पादन गर्न र तत्काल अनुसन्धान सुरु गर्न थारु आयोगलाई निर्देशन दिएको हो ।

त्यस्तै बैठकले थारु समूदायको संरक्षण, सम्वद्र्धन, उत्थानका लािग एककिृत र रणनीतिक कार्ययोजना बनाई कार्यसम्पादन गर्न पनि आयोगलाई निर्देशन दिएको छ । बैठकले प्रदेश तहमा राना थारुलाई थारु आयोगको कार्यक्षेत्रबाहिर पर्ने गरि सूचिकृत गरिएको भन्ने बिषयमा लिखित रुपमा स्पष्ट जानकारी गराउन मन्त्रीपरिषद्को कार्यालय र थारु आयोगलाई निर्देशन दिइएको समिति सभापति निरुदेवी पालले बताउनुभयो ।

बैठकले बहुसंख्यक थारु जनसंख्या भएको स्थानमा नै थारु आयोगको कार्यालय स्थापना नगर्नु, सिकलसेल एनिमिया तथा थालासेमिया जस्ता रोग राष्ट्रिय रुपमा नै उन्मुलन गर्ने गरि कार्ययोजना बन्न नसक्नुको कारणहरु १५ दिन भित्र समितिमा उपलव्ध गराउन थारु आयोगलाई निर्देशन दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here