माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित


१५ श्रावण २०७९, आईतवार १४:०९ मा प्रकाशित

 

काठमाडौं । नेकपा माओवादी केन्द्रको दिउँसो तीन बजे बस्ने भनिएको स्थायी समितिको बैठक स्थगित भएको छ ।

माओवादी केन्द्रको केन्द्रीय कार्यालयका अनुसार संसद बैठक र अर्थमन्त्रीको शपथका कारण बैठक स्थगित भएको हो ।

अर्को बैठकको समय भने तोकिएको छैन ।

यसअघि दुई पटक बसिसकेको स्थायी समिति बैठकबाट पोलिटब्युरो र स्थायी समितिलाई पूर्णता दिने, केन्द्रीय विभाग गठन गर्नेलगायतका एजेन्डामा छलफल भए पनि कुनै निर्णय भएको थिएन ।

आजको बैठकबाट ती सबै एजेन्डामा निर्णय हुने नेताहरूले बताएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here