लाइसेन्स लिएर काम सुरु नगर्ने जलविद्युत् आयोजनाको पीपीए रद्द गरिने : पम्फा भुसाल


१५ श्रावण २०७९, आईतवार १५:२४ मा प्रकाशित

काठमाडौँ । ऊर्जामन्त्री पम्फा भुसालले लाइसेन्स लिएर काम सुरु नगरेका जलविद्युत् आयोजनाको पीपीए रद्द गरिने बताउनुभएको छ ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ऊर्जामन्त्री भुसालले करिब १६ सय मेगावाट बराबरका आयोजनाहरुको विद्युत खरिद सम्झौता (पीपीए) सम्झौता भएर पनि निर्माण हुन नसकेको भन्दै खोलानदी ओगटेर बस्ने प्रवृत्तिलाई निस्तेज गर्ने गरि कदम चालिने बताउनुभएको हो । टेक अर पे प्रावधानमा पीपीए गरिएका आयोजनाहरु सुरु नहुदा बित्तिय जोखिम समेत देखिएकाले यस बिषयमा मन्त्रालयले चाडै आवश्यक निर्णय गर्ने उहाँले बताउनुभयो ।

मन्त्री भुसालले नेपाल विद्युत् प्राधिकरणले पीपीए गरेका करिब ३ हजार २ सय मेगावाटका जलविद्युत् आयोजनाहरु निर्माणाधीन अवस्थामा रहेको जानकारी दिनुभयो । सरकारले प्रस्ताव गरेको नयाँ बिधुत ऐनले बिधुत व्यापार तथा प्रसारण खुल्ला पहुँचको व्यवस्था गरेको भन्दै उहाँले संसदको चालू अधिवेशनमा पास हुने भए उक्त ऐनलाई अघि बढाउने र पास नहुने देखिए सदनको अधिवेशन अन्त्य हुने बितिकै केहि प्रावधानलाई कार्यान्वयनमा ल्याउने बताउनुभयो ।

कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सवै औधोगिक क्षेत्रलाई प्रयाप्त बिधुत उपलव्ध गराइएको र प्राधिकरणको ध्यान आन्तरिक खपत बढाउनेमा नै केन्द्रीत रहेको बताउनुभयो । ट्रान्समिसन र सवस्टेशन बनाउनका लागि लगानी बढाउने उहाँले जानकारी दिनुभयो । उहाँले अहिले बिधुतिय गाडीको प्रयोगलाई बढावा दिनुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै ट्रान्समिसनलाईनको अभावका कारण कुनै पनि आयोजनाको बिधुत खेर जाने अवस्था नरहेको दावी गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here