काठमाडौँ । संक्रमणकालिन न्यायसम्बन्धी कानूनलाई संशोधन गर्न बनेको विधेयकमा त्रुटिपूर्ण प्रावधान रहेको भन्दै द्वन्द्व पीडित समुदायले काठमाडौंमा प्रदर्शन गरेका छन् ।
उक्त विधेयकमा पीडकलाई उन्मुक्ति दिने प्रावधान रहेको भन्दै पीडितलाई न्याय हुने गरि कानून बनाउनुपर्ने उनीहरुको माग छ ।
काठमाडौंको माइतिघरमा नेपाल माओवादी पीडित संघ, द्वन्द्व पीडित समुदाय र नागरिक समाजले गरेको प्रदर्शनमा सहभागीहरुले ऐन संशोधन प्रक्रियामा पीडितहरुसंग सार्थक परामर्श गर , दण्डहिनतालाई प्रश्रय दिने विधेयक स्वीकार्य छैन, विधेयकका त्रुटिपूर्ण प्रावधानहरु खारेज गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
नयाँ कानूनले आफूहरु थप पिडामा पर्ने भएकाले विरोध गर्नुपरेको उनीहरुको भनाइ छ ।





