खोटाङमा भुकम्पबाट चार घर चर्कीए


१५ श्रावण २०७९, आईतवार १३:२४ मा प्रकाशित

खोटाङ । खोटाङको साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर गएको भुकम्पबाट चार घर चर्कीएको छ ।

आईतबार बिहान ८ बजेर १३ मिनेटमा गएको ६ म्याग्निच्युडको भुकम्पले केन्द्रविन्दु मानिएको मात्तिमविर्तामा दुई घर र हलेसी तुवाचुङ नगरपालिकाको सल्ले र महादेवस्थानमा एक÷एक घर चर्किएको प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेडांइले जानकारी दिए ।

सेडांईका अनुसार हालसम्म मानवीय, पशुचौपाय क्षति भएको छैन ।

भुकम्पको क्षति संकलनका लागि गाउँपालिकाको सबै शक्ति परिचालित गरिएको साकेला गाउँपालिका अध्यक्ष रविप्रकाश राईले बताउनुभयो ।
पानी परिरहेको तथा बाक्लो हुस्सु लागेका कारण पनि क्षतिको विवरण संकलन गर्न कठिनाई भएको जनाईएको छ ।

भुकम्पका कारण सदरमुकाम दिक्तेलबजारको सरस्वती मावि, माउण्ट एभरेष्ट बोर्डिङ स्कुलको पठनपाठन बन्द भएको छ ।

विधुत भने नियमित आपूर्ति भईरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here