झापा । इलामको सूर्योदय नगरपालिका वडा नम्बर ९ की बिबिता तामाङको उपचारको क्रममा झापाको विर्तामोडमा रहेको कन्काई हस्पीटलमा ज्यान गएपछी उत्पन्न भएको तनाब कम गर्ने विषयमा छलफल भईरहेको छ ।
हस्पीटल र पीडित पक्षविच अहिले बार्ता भईरहेको जनाईएको छ ।पीडित पक्षले उपचारमा संलग्न डाक्टरलाई कारवाहि तथा उचित क्षतिपूर्ती,आईतबार दिउँसो प्रहरीको लार्ठी चार्ज तथा अश्रु ग्याँसबाट घाईतेको उपचार लगायतको मागका राखेको श्रोतले जनाएको छ ।
पेट दुखेर जेठ २२ गते हस्पीटल भर्ना भएकी तामाङको चिकित्सकको लापर्वाहीकाकारण ज्यान गएको परिवारले आरोप लगाएको छ ।





