चर्को आलोचनापछि इटहरी नगरपालिकाका मेयर द्वारिकलाल चौधरीले ‘पत्रकारको नाकको हड्डी भाँच्न एक करोड छुट्याएको छु’भन्ने विवादास्पद अभिव्यक्ति फिर्ता लिनु भएको छ ।
मेयर चौधरीले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै आवेगजन्य परिस्थितिका कारण आफूले त्यस्तो भन्न पुगेको स्पष्टिकरण दिनु भएको छ ।उहाँले आफू उदण्ड नभई अनुशासित व्यक्ति भएको र सञ्चार जगतप्रति चोट र्पुयाउने आफ्नो मनशाय नभएको समेत बताउनु भएको छ ।
मेयर चौधरीले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको अभियान जारी रहेको र यसमा सञ्चार माध्यमको रचनात्मक भूमिका चाहिने बताउनु भएको छ ।
प्रेस विज्ञप्ती पढ्नुहोस






