कुमार भट्टराईको नाममा सुसाईट नोट लेख्दै व्यवसायीद्वारा आत्महत्या


२६ जेष्ठ २०७६, आईतवार १७:१३ मा प्रकाशित

झापा ।    झुण्डिएर आत्महत्या गरेका बिर्तामोड–४ का व्यवसायी दिपक ढकालले लेखेको सोसाइट नोटमा उद्योग वाणिज्य संघ विर्तामोडका अध्यक्ष कुमार भट्टराईकोकारण आत्म हत्या गरेको खुलेको छ ।

व्यवसायी ढकालले ‘कुमार भट्टराईका कारण म मरेको’ सोसाइड नोटमा लेखेका छन् ।उनले अंग्रेजीबाट लेखेको नोट सुरक्षित राखेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

ढकाल बिर्तामोडमा एक दशक देखि भद्रपुर रोडस्थित अन्नपूर्ण चोकमा विपम फर्निचर सञ्चालन गर्दै आएका थिए । विपमका अनुसार बिर्तामोड उधोग  वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई र दिपक ढकाल मिल्ने साथी भएको र उनीहरु विचमा कारोवार पनि हुने गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here