नेपालले माल्दिभ्सलाई ४–० ले हरायो


९ श्रावण २०७९, सोमबार १८:२५ मा प्रकाशित

काठमाडौँ । २० वर्षमुनिको साफ च्याम्पियनशिप पुरुष फुटबल प्रतियोगितामा नेपालले माल्दिभ्सलाई चार–शून्यले हराएको छ ।

भारतको भुवनेश्वरमा भएको खेलमा नेपालले माल्दिभ्सलाई चार–शून्यले हराएको हो । नेपालले खेलको ४२ औँ, ५७ औँ, ६१ औँ र ९४ औँ मिनेटमा गोल गर्दै चार–शून्यले विजयी भयो ।

आजै हुने अर्को खेलमा बेलुका ७ बजे श्रीलङ्का र बङ्गलादेश खेल्ने छन् । च्याम्पियनशिपमा आयोजक भारत र नेपालसँगै माल्दिभ्स, श्रीलङ्का र बङ्गलादेशको सहभागिता छ ।

नेपालले अर्को खेलमा पर्सि श्रीलङ्कासँग खेल्नेछ ।

त्यस्तै भारतसँग आउँदो आइतवार र अन्तिम खेलमा बङ्गलादेशसँग आउँदो मङ्गलवार खेल्नेछ । शीर्ष दुई टोलीले उपाधिका लागि अर्को हप्ताको शुक्रवार प्रतिस्पर्धा गर्ने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here