नेपाल टी–ट्वान्टी लिग फ्रेन्चाईज टोली लुम्बिनी अल स्टारको लोगो सार्वजनिक


९ श्रावण २०७९, सोमबार १८:१८ मा प्रकाशित

काठमाडौँ । नेपाल टी–ट्वान्टी लिगको फ्रेन्चाईज टोली लुम्बिनी अल स्टारले आफ्नो लोगो सार्वजनिक गरेको छ ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच लुम्बिनीले आधिकारीक लोगो सार्वजनिक गरेको हो । कार्यक्रममा टोलीका प्रमुख सन्जय शर्माले नेपाली क्रिकेटको दायरा फराकिलो बन्दै र लगानी गर्न पाउदा खुसी लागेको बताए ।

नेपाल क्रिकेट संघ(क्यान) को आयोजनामा हुन लागेको नेपाल टी–ट्वान्टी लिगमा लुम्बिनीसहित ६ टोलीले सहभागीता जनाउदै छन् । लिग असोज ८ देखि कात्तिक ५ गतेसम्म आयोजना हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here