२० लाख ५१ हजार रुपैयाँ फर्छ्योट भइसकेको हो: बिर्तामोड नगरपालिका


१० श्रावण २०७९, मंगलवार ०४:४६ मा प्रकाशित

बिर्तामोड । बिर्तामोड नगरपालिकाले केही मिडियाले उल्लेख गरेका २० लाख ५१ हजार ६८७ रुपैयाँ बेरुजु रकम फर्छ्योट भइसकेको जनाएको छ ।

जनप्रतिनिधि र कर्मचारीहरुले सेवा सुविधा सम्बन्धी प्रदेश कानुन नभएको समयमा लिएको सुविधामा देखिएको बेरुजु फछ्र्यौट गरिसकेको जनाएको हो ।

सोमबार एक विज्ञप्ति जारी गर्दै बिर्तामोड नगरपालिकाले तत्कालिन जनप्रतिनिधि र कर्मचारीले लिएको सेवा सुविधामा महालेखा प्रतिवेदन ०७६-७७ मा उल्लेख भएको बेरुजु फर्छ्योट भइसकेको स्पष्ट पारेको हो । नगरका प्रवक्ता अग्निप्रसाद पाण्डेले कर्मचारीहरुको भत्ता र जनप्रतिनिधिहरुको सेवा सुविधा सम्बन्धी प्रदेश कानुन निर्माण नभएकाले पछि बनेको प्रदेश कानुन अनुसार खाइपाई आएको सुविधामा देखिएको बेरुजु २०७८ मै फर्छ्योट भइसकेको जानकारी दिनुभयो।

उहाँले स्थानीय सरकारको बद्नाम गर्ने उद्देश्यले पुरानो र फर्छ्योट भइसकेको विषयलाई फेरि बल्झाउन खोजेको आरोप लगाउनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here