इटहरी उपमहानगरपालिकाका मेयर द्वारीकलाल चौधरीले पत्रकारको सनकले धेरैको ज्यान जाने गरेको बताउनु भएको छ ।
केही दिन अघि स्थानीय पत्रकार विराट अनुपमसंगको संवादकाकारण चर्चामा आउनु भएका मेयर चौधरीले सुर्योदय टेलिभिजनको कार्यक्रम ‘वारपार’मा बोल्नु हुँदै यस्तो बताउनु भएको हो ।उहाँले पत्रकारहरुलाई सचेत रहन आग्रह समेत गर्नु भयो ।
पत्रकारहरुले उपमहानगरपालिकासंग स्वीकृति नलिई विज्ञापन प्रकाशन प्रसारणको विल पेश गर्ने गरेको मेयर चौधरीको आरोप छ ।आफुले उक्त विल वापतको भुक्तानी नगरेको र पत्रकारको परिवारले होटलमा खाए बापतको विल नतिरेकैकारण सम्बन्ध चिसिँदै गएको उहाँले बताउनु भयो ।
मेयर चौधरीले भष्ट्राचारी र गलत नजर राख्ने पत्रकारहरुलाई कुनै पनि हालतमा नछोड्ने बताउनु भएको छ ।मेयर चौधरी र स्थानीय पत्रकार विच विवाद देखिएको भन्दै यसलाई साम्य बनाउन तथा घटनाको सत्य तथ्य पत्ता लगाउन एक नम्वर प्रदेश स्तरिय पत्रकारहरुको टोली गठन गरीएको छ ।टोलीले अनुसन्धान गरिरहेको बताईएको छ ।
मेयर दवरिकलाल चौधरीसँग गरीएको विशेष कुराकानी सुर्योदय टेलिभिजनमा आज बेलुकी ८ बजे प्रसारण हुने कार्यक्रम ‘वारपार’मा हेर्न सक्नु हुने छ





