अमेरिकामा हवाई दुर्घटना,दुई जनाको मृत्यु


२६ जेष्ठ २०७६, आईतवार १४:१० मा प्रकाशित

संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा रहेको लङ आइल्यान्डमा एउटा सानो हवाई जहाज दुर्घटना हुँदा त्यसमा रहेका दुई जनाको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।
म्याकआर्थर विमानस्थलबाट स्थानीय समय अनुसार बिहान ९ बजे उडेको बीचक्राफ्ट ए३६ विमान साउथहोल्डमा करिब ९ बजेर १५ मिनेटमा दुर्घटनाग्रस्त भएको संघीय नागरिक उड्डयन कार्यालयले बताएको छ ।

विमानमा रहेका एक पुरुष र एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । इन्जिनमा समस्या भएका कारण विमान दुर्घटनाग्रस्त भएको प्रारम्भिक अध्ययनमा देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here