रुपन्देहीको देवदहमा एक जना युवकको हत्या भएको छ ।देवदह नगरपािलका ८ विशालनगरका २८ वर्षीय सुमन थापाको हत्या भएको देवदह प्रहरी चौकी खैरेनीका प्रहरी निरीक्षिक दिपक महतले जानकारी दिनु भयो ।
हत्या गरिएका थापा शनिबार बेहोस अवस्थामा फेला परेको र उपचारको क्रममा देवदह मेडिकल कलेज भलुहीमा मृत्यु भएको प्रहरीले जनाएको छ।निरीक्षक महतका अनुसार थापाको निधार र छातीमा निलडाम देखिएको थियो ।यस्तै प्रहरीले थापाको हत्यामा संलग्न भएको आशंकामा ५ जनालाई नियन्त्रणमा अनुसन्धान थालेको छ ।
देवदह क्षेत्रमा यस भन्दा अघि युवा संघ रुपन्देही अध्यक्ष दुर्गा तिवारी,युवा संघका कार्यकर्ता बलु पौडेल र तरुण दलका कार्यकर्ता अनिस पुरीको हत्या भएको थियो ।





