भाजपाको झण्डा निकालिएको आरोपमा हिंसात्मक झडप,चारजनाको मृत्यु


२६ जेष्ठ २०७६, आईतवार ११:२४ मा प्रकाशित

भारतको पश्चिम बंगालमा आइतवार भएको हिंसात्मक झडपमा कम्तीमा चारजना मारिएका छन् ।

पश्चिमबंगालको उत्तरस्थित २४ परगना जिल्लामा शनिबार साँझ भएको झडपमा चारजना मारिएका हुन् ।समाचार अनुसार भाजपाको झण्डा निकालिएपछि गोली हानाहान भएको थियो ।भाजपाले आफ्ना तीन र तृणमूलका एक कार्यकर्ताको मारिएको जनाएको छ ।

तृणमूलले भने आफ्ना कार्यकर्तालाई अपहरण गरेर गोली हानिएको दाबी गरेको छ । गोलीबाट सुकान्ता मण्डल, प्रदीप मण्डल र शंकर मण्डलको ज्यान गएको प्रहरीले जनाएको छ ।तीनैजनाको शव बरामद भइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here