काठमाडौं । भारत भ्रमणमा रहनु भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतीय जनता पार्टी भाजपा अध्यक्ष जेपी नड्डासँग भेटवार्ता गर्नु भएको छ ।
आज मध्याह्न भाजपा कार्यालय पुगेर प्रचण्डले नड्डासँग भेटवार्ता गर्नु भएको हो । भेट्मा भारतीय विदेश सचिव मन्त्री एस जयशंकर पनि सहभागी हुनुहुन्थ्यो ।
माओवादी अध्यक्ष प्रचण्ड भाजपा अध्यक्ष नड्डाको निमन्त्रणमा गत शुक्रबार नयाँदिल्ली जानु भएको थियो । शुक्रबार भारतीय विदेश सचिव विनयमोहन क्वात्रासँग भेटवार्ता गरेर प्रचण्डले शनिबार भारतीय विदेश मन्त्री जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग भेटवार्ता गर्नु भएको थियो ।
आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटेर प्रचण्ड स्वदेश फर्किने तयारीमा हुनुहुन्छ ।





