सरकारद्धारा दुई आयोगका पदाधिकारीको म्याद तीन महिनाका लागि थप्ने निर्णय


३१ असार २०७९, शुक्रबार १४:१६ मा प्रकाशित

काठमाडौँ । सरकारले सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगका पदाधिकारीको म्याद तीन महिनाका लागि थप्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले दुवै आयोगको म्याद थप गर्ने निर्णय गरेको एकमन्त्रीले जानकारी दिए । आयोगका पदाधिकारीको म्याद असार मसान्तमा सकिदै थियो । त्यसअघि शुक्रबार नै प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा दुवै आयोगसम्बन्धी ऐनहरु संशोधन गर्ने र सोही अनुसार आयोगहरुको संरचना तय गरी न्यायिक निरुपण गर्ने सहमति भएको थियो ।

त्यस्तै मन्त्रीपरिषद् बैठकले पेट्रोलियम पदार्थमा करबापत मूल्य समायोजन भएको रकम उद्योग मन्त्रालयमार्फत आयल निगमलाई प्रदान गर्ने निर्णय पनि गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here