तीस लाख बराबरको लत्ता कपडा बरामद


३१ असार २०७९, शुक्रबार १४:२४ मा प्रकाशित

विराटनगर । सुनसरी देवानगन्ज गाउँपालिका वडा नम्बर पक्की टोलबाट भन्सार छलि ल्याईएको ३० लाख बराबरको लत्ता कपडा गाडी सहित बरामद गरिएको छ ।

आज बिहान २ बजे १ नं. प्रदेश प्रहरी कार्यालय, प्रादेशिक अनुसन्धान समूह (RIT) बाट खटिएको प्रहरी टोलीले को१ख २१२९ नम्बरको मिनी ट्रकमा लोड गरी ल्याउदै गरेको अबस्थामा फेला पारेको थियो ।

प्रहरीलाई देख्न बितिक्कै चालक फरार रहेकोले खोजतलास भईरहेको छ । बरामद भएको लत्ता कपडा र गाडी कानुनि प्रकृया पुरा गरी आवश्यक कारवाहीको लागी सुनसरी भन्सार कार्यालय कोशीब्यारेजमा पठाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here