कांग्रेसको केन्द्रीय समिति बैठकमा निर्वाचनको समिक्षा र भावी योजनाका बिषयमा छलफल हुने


२६ असार २०७९, आईतवार १७:४१ मा प्रकाशित

काठमाडौँ । सोमबारबाट सुरु हुने नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा निर्वाचनको समिक्षा र भावी योजनाका साथै भातृसंगठनका बिषयमा छलफल हुने भएको छ ।

आइतबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस पदाधिकारी बैठकले कांग्रेसको केन्द्रीय समिति बैठकको एजेण्डामाथि छलफल गरेको हो । केन्द्रीय समिति बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा हुने र आगामी निर्वाचनमा गठबन्धनबीचको तालमेललाई प्रभावकारी बनाउने बिषयमा छलफल हुने प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिनुभयो ।

भातृ शुभेच्छुक संघ संगठनलाई सक्रिय र गतिशिल बनाउने गरि आवश्यक निर्णय हुने उहाले बताउनुभयो । उहाँले भातृ शुभेच्छुक संघलाई पूर्णता दिने काम पनि छिटै हुने उल्लेख गर्नुभयो । अहिले पार्टी बिधि र पद्धती अनुसार नै अघि बढेको र पार्टी सभापतिले सबैको सहमति जुटाएर निर्णय गर्दै आएको उहाको भनाइ छ ।

केन्द्रीत समिति बैठकमा पार्टी सञ्चालन, विधानको कार्यान्वयन तथा सरकारका बिषयमा पनि छलफल हुने नेताहरुले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here