चिनियाँ जियानचाआद्धारा प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता


२६ असार २०७९, आईतवार १७:२१ मा प्रकाशित

काठमाडौँ । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियानचाओले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्नुभएको छ ।

आइतबार अपरान्ह बालुवाटार पुगेर लिउ जियानचाओले प्रधानमन्त्री देउवासंग भेटवार्ता गर्नुभएको हो । भेटवार्तामा दुई पक्षिय सम्बन्धको बारेमा चर्चा भएको प्रधानमन्त्रीको नीजि सचिवालयले जनाएको छ ।

चार दिने भ्रमणका लागि आइतबार बिहान मात्रै चिनियाँ टोली नेपाल आइपुगेको हो । गत जुनमा सीपीसीको विदेश विभाग प्रमुखको जिम्मेवारी सम्हालेपछि उहाले आफ्नो पहिलो विदेश भ्रमण नेपालबाट सुरु गर्नुभएको हो ।

भ्रमणका क्रममा जियानचाओले राष्ट्रपति विद्यादेवी भण्डारी, नेकपा एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल लगाएतसंग भेटवार्ता गर्ने कार्यक्रम छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here