प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन दुई चरणमा गर्न प्रहरीले सरकारलाई सुझाव दिएको हो ?


२३ असार २०७९, बिहीबार १०:२२ मा प्रकाशित

काठमाडौं । नेपाल प्रहरीले संघ र प्रदेशको निर्वाचन दुई चरणमा गर्दा सुरक्षाका दृष्टिकोणले उपयुक्त हुने चर्चा केन्द्रीय सुरक्षा समितिको बैठकमा चलेको छ।

नेपाल प्रहरीका उच्च अधिकारीहरूले त्यस्तो सुझाव दिनुपर्ने राय बैठकमा प्रस्तुत गरेको प्रहरी प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक विष्णु केसीले जानकारी दिनुभयो।

दुई चरणमा गर्दा सुरक्षा व्यवस्था बलियो र शान्तिपूर्ण हुने प्रहरीको ठहर छ।

निर्वाचन आयोगले आगामी मंसिर २ गते आम निर्वाचन गर्न सरकारलाई सुझाव दिएको छ।

यसअघि ०७४ मंसिरमा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन दुई चरणमा भएको थियो भने ०७९ वैशाख ३० मा एकै चरणमा स्थानिय तह निर्वाचन गरिएको थियो।

बैठकमा दुई चरणमा चुनाव भए सुरक्षा मजबुद हुने तर्क प्रहरीका अधिकारीहरूले गरे पनि त्यस्को लिखित सुझाव सरकारलाई दिइनसकिएको प्रहरी प्रवक्ता केसीले जानकारी दिनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here