बिर्तामोड । बिर्तामोड नगरपालिकाको दोश्रो नगरसभा अन्तर्गतको पहिलो अधिवेशन सम्पन्न भएको छ । बुधबार नगरप्रमुख पवित्रा महताराको अध्यक्षतामा बसेको पहिलो नगरअधिवेशनको दोश्रो बैठक असार १० गते पेश भएको नीति, बजेट तथा कार्यक्रम सम्बन्धि प्रस्ताव तथा विभिन्न विधेयक पास गर्दै सम्पन्न भएको हो ।
बैठकले निणर्यार्थ प्रस्तुत गरिएका आर्थिक वर्ष २०७९/८०को नीति,बजेट तथा कार्यक्रम सम्बन्धि प्रस्ताव,आर्थिक विधेयक,विनियोजन विधेयक,सहकारी विधेयक,स्वास्थ्य विधेयक र कर तथा गैह्रकर राजश्व सम्बन्धि विधेयक पास गरेको हो । उक्त कार्यक्रम तथा विधेयक माथि वडा नम्बर ६का वडासदस्य जिवन बाँस्कोटा,वडा नम्बर ५का वडा सदस्य दुर्गा शिवाकोटी र वडा नम्बर १० का वडासदस्य पृथ्वी बस्नेतले सुझाव राख्नु भएको थियो ।
बैठकले बिर्तामोड नगरका १० वटै वडाहरु सम्पूणर् प्रक्रिया पूरा गरी पूणर् खोपयुक्त वडा घोषणा भई सकेको हुँदा बिर्तामोड नगरपालिकालाई पूणर् खोपयुक्त नगर घोषणा गर्ने निणर्य गरेको छ । यस्तै बिर्तामोड नगरपालिका अन्तर्गत कार्यरत ३० जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई वार्षिक रुपमा (दशँै तिहारको अवसरमा) प्रोत्साहन स्वरुप एकमुष्ठ रकम १० हजार रुपैयाँ उपलब्ध गराउने निणर्य गरेको छ ।
बैठकमा नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले न्यायिक समितिको आर्थिक वर्ष २०७८/०७९को प्रतिवेदन पेश गर्नु भएको छ । प्रतिवेदनमा यस अवधिमा न्यायिक समितिमा जम्मा ४७ थान मुद्दा दर्ता भएको र अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरी आएका १५ गरी जम्मा ६२ थान मुद्दाको कार्वाही गरिएको जनाइएको छ । दर्ता भएका मध्ये ४७ थान मुद्दा फरछ्र्यौट गरिएको,१५ थान मुद्दा कार्बाहिको प्रकृयामा रहेको र उक्त मुद्दालाई आगामी आर्थिक बर्षमा जिम्मेवारी सारी कार्बाही प्रकृया अघि बढाईने जनाइएको छ । बैठकले नगरको न्यायिक समिति सदस्यमा २ जनालाई मनोनित गरेको छ । मनोनित हुनेहरुमा वडा नम्बर ७का वडासदस्य खडानन्द निरौला र वडा नम्बर १की वडासदस्य कमला महरा रहनु भएको छ । बैठकमा प्रमुख प्रशाुसकिय अधिकृत विनोदकुमार न्यौपानेले दोस्रो नगर सभाबाट पारित भएका निणर्यहरुलाई प्रस्तुत गर्नु भएको थियो ।
बैठकको प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य पवित्रा निरौला खरेलले आगामि ५ वर्षको लागि गुरुयोजना निर्माण गरेर अघि बढ्नु पर्ने बताउनु भयो । बिर्तामोडमा फोहोरमैला व्यवस्थापन,ढल निकास,सार्वजनिक शौचालयको समस्या रहेको भन्दै उहाँले सम्मुनत विकासको अवधारणा अनुसार विकास गर्दै जानु पर्ने बताउनु भयो । उहाँले बजेट र नीति तथा कार्यक्रममा तालमेल हुनु पर्नेमा जोड दिनु भयो । प्रतिनिधि सभासदस्य खरेलले संघिय सरकारबाट बिर्तामोड नगरपालिका क्षेत्र भित्र परेका बजेटहरुको बारेमा समेत जानकारी गराउनु भएको थियो । बैठकमा बोल्दै वडानम्बर ६का वडाध्यक्ष तथा नेपाली कांग्रेस बिर्तामोड नगरकमिटिका उपसभापति सूर्यप्रसाद कन्दङ्गवाले करको दायरालाई फराकिलो बनाउन वडा तथा टोलविकास संस्थाहरुलाई जिम्मेवारी दिएर नगरपालिकाले निगरानी गर्नु पर्ने धारणा राख्नु भएको थियो ।
बिर्तामोड नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को लागि १ अर्ब ३८ करोड ३५ लाख ४ हजार ४ सय ९० रुपैयाँ बजेट सहितको नीति तथा कार्यक्रम असार १० गते प्रस्तुत गरेको थियो ।





