काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थ मन्त्रालय सम्हाल्ने हुनुभएको छ । करको दायरा हेरफेरको आरोप लागेपछि अर्थमन्त्री जनार्दन शर्माले पदबाट हिजो राजीनामा दिनुभएको हो ।
सोसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्रीको जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवालाई तोक्नु भएको छ।
संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम अर्थमन्त्री शर्माले राजीनामा दिएपछि प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति भण्डारीले अर्थ मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई तोकेको राष्ट्रपति कार्यालयले विज्ञप्तिमा जनाएको छ ।





