गठबन्धनबीचको समस्यालाई सामान्य रुपमा लिनुपर्छ : देउवा


२१ असार २०७९, मंगलवार १३:०० मा प्रकाशित

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनबीचको समस्यालाई सामान्य रुपमा लिनुपर्ने बताउनुभएको छ ।

मंगलबार गिरिजाप्रसाद कोइराला श्रमिक स्मृति भवन अनामनगरमा निर्माण गरिएको कोईरालाकोे शालिक अनावरण गर्दै प्रधानमन्त्री देउवाले आफ्नै पार्टीभित्र पनि समस्या हुने गरेको भन्दै बिभिन्न पार्टी मिलेर बनेको गठबन्धनभित्रको समस्या हुनु स्वभाविक भएको बताउनुभएको हो ।

त्यस्तै प्रधानमन्त्री देउवाले हतियार उठाएर सशस्त्र विद्रोह सुरु गरेको माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन गिरिजा प्रसाद कोईरालाले खेल्नुभएको भूमिकाको स्मरण गर्नुभयो । कठिन राजनीतिक आरोह, अवरोह पार गर्नुभएका कोइरालाले नेपालमा लोकतन्त्र स्थापना गर्न महत्वपूर्ण भूमिका खेल्नुभएको उहाँले बताउनुभयो । प्रधानमन्त्री देउवाले कोइरालाले मजदूर आन्दोलन सुरु गर्नुभएको विराटनगरस्थित जुटमिलमा ऐतिहासिक सङ्ग्रहालय बनाउन सरकार सकारात्मक रहेको बताउनुभयो ।

कार्यक्रममा कांग्रेस उपसभापति धनराज गुरुङले संविधानको रक्षाका लागि आजका दिनमा गठबन्धनलाई सही ढङ्गले अगाडि बढाउनुपर्ने उल्लेख गर्नुभयो । उपसभापति गुरुङले स्वर्गीय कोइराला कुशल सङ्गठनकर्ता भएको स्मरण गर्नुभयो ।

त्यस्तै नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यले मजदूरको हक, अधिकार रक्षाका लागि नेपाल ट्रेड युनियन कांग्रेसले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here