रामेछापमा बस दुर्घटना, ११ जनाको मृत्यु


२१ असार २०७९, मंगलवार १२:२९ मा प्रकाशित

काठमाडौं । रामेछापको सुनापती गाउँपालिकामा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । रामेछापबाट काठमाडौं आउँदै गरेको बा ३ ख ८३९६ नम्बरको बस दुर्घटना हुँदा कम्तिमा ११ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख डिएसपी राजकुमार थिङले जानकारी दिनु भयो ।

, घटनास्थलमा ९ जनाको मृत्यु भएको र उपचारका लागि लैजाँदै गर्दा बाटोमा २ जनाको मृत्यु भएको छ । २७ जना सवार बसमा एकजना बेपत्ता भएको प्रहरीले जनाएको छ ।

घाइतेलाई उपचारका लागि हलिकपटरको प्रयोग गरी धुलिखेल अस्पताल पठाइएको डिएसपी थिङले बताउनु भयो ।
घाइतेको अवस्था गम्भीर भएकोले मृतकको संख्या बढ्न सक्ने प्रहरुलिे जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here