मादी हत्या प्रकरणमा संलग्न चार जनालाई आजीवन कारावासको फैसला


२१ असार २०७९, मंगलवार १३:१८ मा प्रकाशित

विराटनगर। जिल्ला अदालत संखुवासभाले मादी हत्या प्रकरणमा संलग्न चार जनालाई आजीवन कारावासको फैसला सुनाएको छ ।
आरोपमा पक्राउ परेकामध्ये चार जनालाई आजीवन कारावास सजाय सुनाइएको हो । १७ वर्षीय एक बालकलाई भने २५ वर्षको दुई तिहाइ करिब १६ वर्ष कारावासको फैसला भएको जिल्ला अदालत संखुवासभाका श्रेस्तेदार केदारप्रसाद गौतमले जानकारी दिनु भयो ।

तर सोमबार घटनामा नयाँ ट्वीस्ट आयो । संखुवासभा प्रहरीले हत्यामा संलग्न थप चार जनालाई सार्वजनिक गर्र्यो । हत्याका योजनाकार खड्गबहादुर कार्र्की भएको बतायो । कार्की तिनै हुन्,ा जसको घरमा बसेर प्रहरीको टोलीले ६ जनाको हत्याबारे अनुसन्धान गरेको थियो ।

मृतक रञ्जनाको मोबाइल लोकबहादुरका भाइ नरेशले लुकाएको भेटिएपछि प्रहरीले अनुसन्धान गरेको थियो । त्यसक्रममा लोकबहादुर, उनका भाइ नरेश, बुबा रणबहादुरका साथै छिमेकी खड्गबहादुर कार्की र उनका छोरा हस्तबहादुर मिलेर ६ जनाको हत्या गरेको प्रहरीको दाबी छ ।

डीआईजी बीसीका अनुसार खड्गबहादुरको परिवारलाई छिमेकी कहाँ पठाएर प्रहरी टोली उनको घरमा बसेको थियो । खड्गबहादुर र मृतक तेजबहादुर कार्र्कीको घर करिब २५० मिटरको दूरीमा छ । प्रहरीका अनुसार अनुसन्धानका लागि घर उपलब्ध गराउन आग्रह गर्दा उनले सहजै स्वीकार गरेका थिए ।

सो हत्या आरोपमा २८ वर्षीय लोकबहादुर कार्की, ४७ वर्षीय खड्गबहादुर कार्की, उनका छोरा २८ वर्षीय हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्की र उनका छोरा १७ वर्षीय नरेश पक्राउ परेका थिए ।

नरेश बाहेकका चार जनालाई आजीवन कारावासको फैसला भएको हो । पाँचै जना मृतक तेजबहादुरका नातेदार हुन् । ‘चारजनालाई आजीवन कारावास र जनही २ लाख क्षतिपूर्ति भराउने फैसला भएको छ,’ श्रेस्तेदार गौतमले भने, ‘एक जनालाई २५ वर्षको दुई तिहाइ करिब १६ वर्ष कारावासको फैसला भएको छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here