रुसले नियन्त्रणमा लियो युक्रेनको लुहांस्क क्षेत्र


२१ असार २०७९, मंगलवार १२:२० मा प्रकाशित

काठमाडौं । रुसले युक्रेनको एक महत्वपूर्ण शहर नियन्त्रणमा लिएको छ ।

भिषण संघर्षपछि युक्रेनको पूर्वी शहर लिसिचांस्कमा रुसले नियन्त्रण कायम गरेको हो । योसँगै पूरै लुहांस्क क्षेत्र नियन्त्रणमा लिन रुस सफल भएको छ ।

लिसिचांस्क शहर रुसी सेनाको नियन्त्रणमा रहेको युक्रेनको सेनाले पनि पुष्टि गरेको छ । युक्रेनी सेनाका जनरल स्टाफले भनेका छन्, ‘लिसिचांस्कका लागि भिषण युद्धपछि युक्रेनका रक्षा बल पछि हट्न बाध्य भएका छन् ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here